प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु

२०७९ भाद्र १९, आईतबार ०६:४० बजे

काठमाडौं – टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।

शनिबार साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा केसी तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी गौतमले बताए ।