प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तीब्र गतिमा दुर्तमार्ग बनाउँदै नेपाली सेना, २१ प्रतिशत काम सम्पन्न

२०७९ पौष २७, बुधबार १३:०० बजे

हेटौंडा – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं,तराई मधेश फाष्ट ट्याक अथवा दुर्तमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्य सहित कामलाई तीब्रता दिएको छ । बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।

२०७४ सालमा सेनाले जिम्मा लिएको भएपनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको दुर्तमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडा सहित बिभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो । सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिनुभयो । उहाँले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताउनुभयो । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीब्र रुपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिनुभयो ।

कोरोनाका कारण ठेक्का लगाउन केही ढिला भएपनि अहिले भने काम तीब्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । खोकना बाधक दुर्तमार्ग निर्माणका क्रममा अन्य ठाउँको मुअब्जा सम्बन्धी समस्या समाधान भएको भएपनि ललितपुरको खकनामा विवाद उत्पन्न हुँदा भने सेनालाई काम गर्न कठिन भइरहेको सेनाका अधिकारीहरुले बताएका छन् ।

प्राबिधिक रुपमा खोकनाको बिकल्प खोज्न सकिने अवस्था हुँदलै नभएका कारण खोकनाबासीले अब अल्झाउन पर्ने आवश्कयता नभएको र खोकनाको समस्या समधान नहुदा सेनाले मार्गए निर्माणका लागि आवश्यक पर्ने सामानहरु ल्याउन भने निकै कठिन भइरहेको बताएका छन् । खोकना सहितको समस्या अन्य स्थानमा नभए र अन्य समस्या नभए सेनाले तोकिएको सममया नै यो मार्ग बनाउन समक्ष रहेको नेपाली सेनाका अधिकारीहरुले बताएका छन् ।