प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट खैरो हिरोईन सहित एक युवक पक्राउ

२०८० माघ ९, मंगलबार १०:१२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे पिपलचौताराबाट लागुऔषध खैरो हिरोईन एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागेस्वरी नगरपालिका–७, थलि बस्ने अन्दाजी २१ वर्षीय उमेश परियार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमोमा सवार परियारलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध खैरो हिरोईन १५ ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।