प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा फरार प्रतिवादी ३३ वर्षपछि पक्राउ

२०८१ पौष ३, बुधबार ०७:२८ बजे

मकवानपुर – ३३ वर्षदेखि फरार रहेका लुटपिट मुद्दाका प्रतिवादी मकवानपुरको थाहा नगरपालिका–६ का ६४ वर्षीय भवनाथ अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुर जिल्ला अदालत हेटौंडाले वि.स.२०४८ साल माघ ६ गतेको फैसलाअनुसार उनलाई रु. १,५७५ जरिवाना सजाय तोकेको थियो। फैसला कार्यान्वयनका क्रममा वारदातपछि फरार रहेका अर्याललाई लामो समयपछि खोजतलास गरी पुस २ गते पक्राउ गरिएको हो।

पक्राउपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडामा बुझाइएको छ। प्रहरीले यसलाई पुराना मुद्दाका फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउने प्रयासको एक महत्वपूर्ण उपलब्धि मानेको छ।