प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिमसार दिवसमा राप्ती सफाई

२०८० माघ २०, शनिबार १८:०० बजे

हेटौंडा – राप्तीनदी तटीयक्षेत्र सरसफाई अभियान चितवनको आयोजना हिमालयन राइडर्स सोसाइटी मकवानपुरको समन्वयमा राप्ती तट सफाई गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज, जिल्ला डिभिजन वन कार्यालय मकवानपुर, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश, वनविज्ञान अध्यन संस्थान हेटौंडा, कृषि, वन विश्वविद्यालय हेटौंडा, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, स्वास्थ्य मन्त्रालय, हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यलय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, मकवानपुर शसस्त्र प्रहरी बल हेटौंडा, हेटौंडा उप–महानगरपालिकाका प्रतिनिधि सहभागी थिए ।

सफाई अभियानमा पत्रकार, मकवानपुर जिल्ला साईकिलिङ संघ, हेटौंडा राईडर्स क्लब, भुटनदेबी मन्दिर ब्यबस्थापन समिति, कुष्माण्ड सरोवर त्रीबेणीधाम विकास समितिलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । प्राध्यापक, विद्यार्थी, ब्यवसायी, कर्मचारी, समाजसेवीलगायतका ब्यक्तिले राप्ती सफाई गरेका थिए ।

राप्तीनदी तटीय क्षेत्र सरसफाई अभियानका अभियानकर्मी अपिल घिमिरे, कुष्माण्ड सरोवर त्रिबेणीधाम विकास समितिका अध्यक्ष इश्वरीप्रसाद न्यौपाने, समितिका मणि सुवेदी, भुटनदेबी मन्दिर विकास समितिका अध्यक्ष राममान श्रेष्ठ, हिमालयन राइडर्सका अध्यक्ष रामकुमार थापा, उपाध्यक्ष राजु थापामगरलगायत सहभागी थिए ।