प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मन्त्री परिषद्को बैठक: २०२४ लाई बागमती प्रदेश भ्रमण वर्ष घोषणा गर्ने, यस्ता छन् निर्णयहरु

२०८० कार्तिक २२, बुधबार २०:२० बजे

हेटौंडा – बागमती प्रदेश सरकारले ७ वटा विषयमा निर्णय गरेको छ । बागमती प्रदेशको बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका १२ मन्त्रालयमध्ये पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रीपरिषद् बैठकले पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको जानकारी दिए।

उनका अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको छ ।

बागमती प्रदेश मन्त्री परिषद् बैठक तीनजनालाई अधिकृतस्तर ११ तहमा बढुवामा बढुवा गरी विभिन्न कार्यालयमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्री श्रेष्ठले बैठकबाट सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्ष घोषणा गर्ने निर्णय भएको जानकारी दिए । साथै बैठकले भूकम्पपीडित राहतका लागि कर्णाली प्रदेश सरकारलाई बागमती प्रदेश एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

बागमती प्रदेश सरकार मन्त्रीपरिषद्का निर्णयहरु (२०८० कार्तिक २२ गते)
१ भुकम्प पिडित राहतका लागि कर्णाली प्रदेश सरकारलाई सहयोग गर्ने । (मुख्यमन्त्री कार्यालय)
२ संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने । (मुख्यमन्त्री कार्यालय)
३ अधिकृत स्तर एघारौँ तहमा बढुवा नियुक्ति र पदस्थापन गर्ने । (मुख्यमन्त्री कार्यालय)
४ प्रदेश प्रमुखको कार्यालय सबलिकरण कार्यक्रम कार्यान्वयन गर्ने । (मुख्यमन्त्री कार्यालय)
५ उपसभामुखको अष्ट्रेलिया भ्रमणको लागि मनोनयन गरि सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस गर्ने ।
६ पर्यटन पूर्वाधार सन्चालन तथा व्वस्थापन कार्यविधि २०८० स्विकृत गर्ने ।
७ बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने ।