हेटौंडा – हेटौंडा–११ थानाभ¥याङमा रहेको उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै भवनबाट कारोबार संचालन गर्ने भएको छ । शनिबार सहकारीको भवन नगरउपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका छन् ।
करिव ५३ लाख रुपैयाँमा सहकारीको भवन निर्माण गरिएको सहकारीका अध्यक्ष दिनेश बिडारीले जानकारी दिए । शयनिबार सहकारीले १४ औं वार्षिक साधारणसभाको आयोजना गरेको थियो । निर्वाचन आचारसंहिताका कारण साधारणसभामा अतिथि बक्ताहरुलाई बोल्न दिइएन ।
संस्थाका सचिव ईन्द्र सापकोटाले संचालन गरेको कार्यक्रममा बिभिन्न ब्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । अध्यक्ष बिडारीले असल बचतकर्ता बृष्णलाल श्रेष्ठ, अम्बिका राउत, सरस्वती फुँयाल, असल ऋणि यमबहादुर घर्ती, शिबबहादुर भण्डारी, एसइइमा उत्कृष्ठ अंक ल्याउने सेयरसदस्यका बालबालिकामध्य प्रिन्स बर्तौला, संस्थाका उत्कृष्ठ कर्मचारी शोभा पराजुली र बीमा कालाखेतीलाई पुरस्कृत गरेका थिए ।
निर्वाचन आचारसंहिताका कारण हेटौंडामा ८ वटा सहकारी संस्थाको साधारणसभा प्रभाबित बनेको हेटौंडा उपमहानगरका सहकारी बिभाग प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । १४ भन्दा बढी सेयर सदस्य रहेको यो सहकारी संस्थाले नवलपुर र थानाभ¥याङबाट दुई स्थानबास सेवा प्रबाह गरिरहेको छ । निर्वाचन आचारसंहिताका कारण संस्थाको धेरै कार्यक्रम प्रभाबित बनेको बताइएको छ ।