मकवानपुर – थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन् । शनिबार संघका अध्यक्ष कविराज खत्रीको सभापतित्वमा तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान, उद्योगतर्फको उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगततर्फको उपाध्यक्षमा राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी उद्योगतर्फको सदस्यहरुमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्की, वाणिज्यतर्फको सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, बिक्रम केसी, यादव जंग रायमाझी, जयराम खत्री केसी र यशोदा अधिकारी ९महिला० तथा मोबाइल एसोसिएसन अफ नेपाल उत्तरी क्षेत्र समिति पालुङबाट सुबिन्द्रमान प्रधान बस्तुगततर्फको सदस्य चयन भएका छन् ।