हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.२ को करिब ५० प्रतिशत मत गणना सम्पन्न भएको छ । ३२८९ मत खसेको वडा नंम्बर २ मा १६३१ मत गणना भएको छ ।
वडा अध्यक्षमा नेपाली कांग्रेसमा विष्णु गोपाल मर्हजनले ६९३ मत सहित अग्रता बनाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले हरि राउतले ४२१ मत प्राप्त गरेका छन् भने स्वातन्त्र उम्मेदवार सुदिप राजबाहकले १७६ मत ल्याएका छन् ।
मेयरमा दिपक बहादुर सिंहले ८३४ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना लामाले ३१० र नेकपा एमालेका अनन्त पौडेलले २९३ मत पाएका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेशका राजेश बानियाँले ७८८ र नेकपा एमालेकी सुमित्रा काफ्लेले ३९३ मत प्राप्त गरेका छन् ।