प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बदली, कतै हिमपात, कतै असिना पानी

२०८० फाल्गुन १०, बिहीबार १८:५० बजे

हेटौंडा – आज बिहीबार मकवानपुरको मौसममा बदली भएको छ । जिल्ला उच्च पहाडी भेग हिमपात भएको छ भने अधिकाशं स्थानमा बाक्लो असिना सहित बर्षा भएको छ ।

थाहा नगरपालिकाको सिमभञ्याङमा क्षेत्रमा हिमपात भएको हो । त्यस्तै राक्सिराङ, कैलाश, मकवानपुरगढी गाउँपालिका लगायतका जिल्लाका विभिन्न स्थानहरुमा बाक्लो असिनासंगै बर्षा भएको हो ।

हिउँ र असिनाले उच्च पहाडी भेगका पहाडहरु सेताम्मे बनेका छन् भने जिल्लाको मौसम पनि चिसिएको छ । चोसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरुमा स्वास्थ्यको समस्या देखिने भएको सतर्कता अपनाउन चिकित्सकहरुले सुझाब दिएका छन् ।

लामो समयदेखि हिउँदे खडेरीको मारमा परेका किसानहरु बर्षा भएसंगै खुशी भएका छन् । आज भएको बर्षाले हुर्किरहेका बाली राहत पुगेको छ भने बाली लगाउन पनि सहयोग पुग्ने कृषकहरु बताउँछन् । 

असिनाले केही स्थानका बालीहरुमा क्षति पुग्दा किसानहरु दुखी भएका छन् । त्यस्तै असिना र हिउँले जमिन ढाक्दा चरण पशुचौपाया चराउन समेत समस्या भएको स्थानीयहरुको गुनासो छ ।