हेटौँडा – मकवानपुर हेटौँडा उपमहानरपालिका-१५ रातोमाटेबाट लागुऔषध गाँजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानरपालिका १५ बस्ने बर्ष १९ को सरोज भोलन र मकवानपुरगढी गाउँपालिका ८ बस्ने बर्ष १८ को प्रकाश स्याङतान रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलिले उनीहरुलाई बुधबार साँझ १ किलो २०० गा्रम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । भोर्लेबाट रातोमाटे हाईवे तर्फ निस्किदै गरेको ना ४० प ४१७ न.को मोटरससाइकललाई चेकजाचँ उनिहरुको साथबाट उक्त परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ ।
गाँजा सहित दुबै जना लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।