हेटौंडा – हेटौंडाका मधु अधिकारी पोखरामा पुगेर नेकपा एसमा प्रवेश गरेका छन् । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।
आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित भएका हुन् । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेका थिए। यस्तै, उनका छोरा राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
अधिकारी शुक्रबार विज्ञप्ती मार्फत राप्रपामा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भयो भन्दै पार्टीबाट अलगिएका थिए ।