प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पस कमिटीको अध्यक्षमा रसाइली

२०७९ श्रावण १७, मंगलबार ०९:३५ बजे

हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को हेटौंडा क्याम्पस इकाई कमिटी गठन गरिएको छ । मंगलबार भएको अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पस इकाई कमिटीको चौथों सम्मेलनले निश्चल रसाइली अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा चमेली बोम्जन, सचिवमा रोशनी आले मगर, सह–सचिवमा ज्योति पुडासैनी र कोषाध्यक्षमा रोजिता महर्जन चयन भएका छन् ।प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा.देव चन्द्र मानन्धर, अखिल क्रान्तिकारी बागमती प्रदेश उपाध्यक्ष तथा जिल्ला इन्चार्ज दिनेश सुवेदी, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवण बर्तौला लगायतको उपस्थिती रहेको थियो ।