प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरबाट लागुऔषध सहित डिम्डुङ पक्राउ

२०८१ आश्विन १८, शुक्रबार ०८:४७ बजे

हेटौंडा – मकवानपुर थाहा नगरपालिका वडा नं. ९ चित्लाङबाट ३ किलो २३६ ग्राम लागूऔषध गांजा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाँउपालिका वडा नं.२ बस्ने बर्ष २३ को तुलराम डिम्डुङ रहेका छन् ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले चित्लाङस्थित सडकमा सवारी साधन चेकजाँज गर्ने क्रममा डांडाबासबाट काठमाण्डौ तर्फ जादै गरेको ना७ख २५२ नम्बरको यात्रुबाहक बसमा सवार डिङडुङलाई उक्त लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागू औषध सहित डिम्डुङलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट लागू औषध कसुर मुद्धामा दिन १० को म्याद थप अनुमती लिएरअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।