प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना, एक घाइते

२०७९ भाद्र २, बिहीबार १७:२३ बजे

 

हेटौंडा – मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–२ देउरालीमा बिहिबार दिउँसो मोटरसाइकल दुर्घटना भएको छ ।

भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तरर्गत बाराबाट काठमाडौं जाँदै गरेको आउदै गरेको बा४२प २१२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

मोटरसाइकल दुर्घटना हुँदा चालक बारा कलैया नगरपालिका–१ बस्ने २४ वर्षीय अभिषेक यादव घाइते भएका छन् । उनको शरिरको बिभिन्न भागमा चोट लगेको र उपचारको लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता कार्कीले बताए ।