प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिप दुर्घटना हुँदा वृद्धको मृत्यु, ५ जना घाइते

२०८० जेठ १, सोमबार ०८:४७ बजे

हेटौंडा – गोरखाको गण्डकी गाउँपालिका ६ घौचुरमा आइतबार बेलुकी जिप दुर्घटना हुँदा वृद्धको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । काठमाडौँबाट घौचुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ६२०४ नम्बरको जिप हिजो बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किर माया आलेको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार ५ जनाको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भइरहेको छ । दुर्घटना लगतै फरार रहेका चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।