हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि भएर पाँच वर्षको कार्यकाल सम्पन्न गरी मेयर हरि बहादुर महत सहित कार्यपालिकाका सदस्यहरुलाई विदाई गरिएको छ । बिहिबार हेटौंडा उपमहानगरपालिकामा एक कार्यक्रम आयोजना गरी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र अवकास प्राप्त कर्मचारीहरुलाई विदाई गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले मायाँको चिनो, खादा र टिका लगाएर उहिरुलाई विदाई गरेका हुन् । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका मेयर महतले सबै वडाअध्यक्षहरु, कार्यापालिका सदस्यहरु र सबै कर्मचारीहरुको सहयोगबाट पाँच वर्षको आफ्नो कार्यकाल सफल भएको बताए । पाँच वर्षको बिचमा जनताको सेवामा लाग्ने कुनैपनि काममा सहयोग गरेकोमा उनले सबैलाई धन्यवाद ज्ञापन गरे । उनले कार्यपालिका र नगरसभाको निर्याय कार्यान्यन गर्ने कर्मचारीलाई पनि धन्यवाद दिए ।
कार्यक्रममा मेयर महतको फोटो सहित “हाम्रो मेयर, राम्रो मेयर” लेखिएको मायाँको चिनो कर्मचारीका तर्फबाट प्रमुख प्रशासकिय अधिकृतले मायाको चिनोको रुपमा प्रदान गरे । आफु काम गरेको अवधिमा र पहिलेको पाँच वर्षमा पनि हेटौंडामा मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, नगरसभाका सदस्यहरु लगायतकाको ठुलो सहयोग पाएको चौलागाईले बताए । हेटौंडा उपमहानगरपालिकाबाट अबकास प्राप्त कर्मचारीहरुको पनि आजै बिदाइ गरिएको छ ।