प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मनिला विष्ट एमाले प्रवेशको झर्को: मनहरीमा दिनदिनै पार्टी छाड्नेको लर्को

२०७९ आश्विन १३, बिहीबार ०५:२१ बजे

हेटौंडा – एकीकृत समाजवादी मकवानपुरकी जिल्ला सचिवालय सदस्य मनिला विष्टलाई एमाले प्रवेश गराएको प्रभाव पार्टीभित्र दैनिक रुपमा देखिन थालेको छ ।

विष्ट सोमबार पार्टी प्रवेश भएको समाचार प्रकाशित भएपछि सुरु भएको विरोधको कार्यक्रममा कमिटी गर्दै पार्टी परित्याग गर्नेको लार्को लागेको छ ।

आज बिहिबार एमाले मनहरी–८ वडा कमिटी भंग भएको छ । सुर्यलाल स्याङतानको अध्यक्षता बसेको  भेलाले वडा कमिटी भंग गरी पार्टी परित्याग गरेको निर्णय गरेको हो ।

स्थानीय नेता कार्यकतासंग सरसल्लाह नगरी कार्यकतालाई दाश ठानेर जिल्ला केन्द्रिय तथा पालिकाका केही नेताहरुले ब्यक्तिगत स्वार्थको लागि प्रवेश गराईएकोले कुनै पनि जिम्मेवारीमा नरहेको भन्दै एमाले परित्याग गरेको निर्णय गरेको छ ।

विष्ट पार्टीमा रहदा पनि अराजकता निम्त्याउने, पार्टी फुट पश्चात समाजवादी पार्टीमा लागेर एमालेलाई हराउने ठुलो भुमिका खेलेको उनीहरुको आरोप छ ।

जिल्ला सदस्य दिल बहादुर स्याङतान, सिराराम न्यौपाने, गाउँ कमिटी सहसचिव पुस्कर सुवेदी, गाउँ कमिटी सदस्य तथा वडा इन्चार्ज यादव अधिकारी, गाउँकमिटी सदस्य जय बहादुर रुम्बा, लाक्पा रुम्बा, विकास उप्रेती, रामकृष्ण प्रजा, विमला थिङ, कृष्ण माया सुवेदी, राजेश विक, उषा लामा लगायत ५२ जना सामुहिक पार्टी परित्याग गरेका हुन् । 

यसअघि विष्ट सहितका नेताहरु एमाले प्रवेश गरेको बिरोधमा जिल्ला सदस्य शुभराज थिङसहित ६५ जनाले पार्टी परित्याग गरेका थिए ।

गाउँ कमिटीका अध्यक्ष नविन सुवेदीको नेतृत्वमा विष्टलाई एमालेका केन्द्रिय सल्लाहाकार समितिका सदस्य तथा पुर्वमुख्यमन्त्री डोरमणी पौडेलले असोज १० गत पार्टीमा स्वागत गरेका थिए ।

यो पनि पढ्नुस्