प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

स्वदेशी सुपरमार्केट काठमाडौं र पोखरामा पनि सञ्चालन गरिने

२०८० बैशाख ३०, शनिबार १२:११ बजे

हेटौंडा – स्वदेशी सुपरमार्केट, नेपालको स्थानीय उत्पादन र साना व्यवसायलाई प्रवर्द्धन गर्ने खुद्रा प्लेटफर्मले हेटौंडामा आफ्नो पहिलो आउटलेट सफलतापूर्वक उद्घाटन गरेको छ।

उक्त भव्य उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रतिष्ठित सदस्य, नेपाली कांग्रेस नेत्री तथा समाजसेबी डा. आरजु राणा देउवा, वर्षा शिवाकोटी, केकी अधिकारी, नेपाली कलाकार जितु नेपाल (मुन्द्रे) र मिस नेपाल २०१० सधिचा श्रेष्ठलगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले कृष्णा मेमोरियल ट्रस्टको घोषणालाई चिन्ह लगाइयो, एक परोपकारी संस्था जसले महिलाको मातृ स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्ने र सामाजिक चेतना जगाउने लक्ष्य राखेको स्वदेशी सुपरमार्केटका निर्देशक अमित अग्रवालले बताए । स्वदेशी सुपरमार्केटले काठमाडौं र पोखरालगायत नेपालका अन्य प्रमुख सहरहरूमा पनि आफ्नो सञ्चालन विस्तार गर्ने महत्वाकांक्षी योजना बनाएको उनले बताए ।

स्वदेशी सुपरमार्केटको मुख्य उद्देश्य साना–ठूला व्यवसायहरूलाई निःशुल्क प्याकेजिङ्ग र मार्केटिङ विकल्पहरू उपलब्ध गराएर उत्प्रेरित र सशक्त बनाउनु हो जसले तिनीहरूलाई आफ्नो ब्रान्ड पहिचान र बिक्री बढाउन सक्षम बनाउनु रहेको निर्देशक अग्रवालले बताए। परियोजनाले स्थानीय र राष्ट्रिय स्तरमा स्थानीय रूपमा स्रोत उत्पादनको उपभोगलाई प्रवर्द्धन गरी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको उनको भनाई छ।

सामाजिक रूपमा उत्तरदायी संस्थाको रूपमा, स्वदेशी सुपरमार्केटले समाजका पिछडिएका र सीमान्तकृत वर्गहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै कृष्णा ट्रस्टलाई आफ्नो केही नाफाहरू योगदान गर्ने योजना बनाएको उनले बताएका छन्।

स्वदेशी सुपरमार्केटको भव्य उद्घाटन समारोहमा लक्की ड्र मार्फत टिकट नम्बर ६६२ र ७३० का सरस्वती बोगटी र मछेन्द्र ढुंगानालाई १०–१० ग्राम सुन पुरस्कार प्रदान गरिएको थियो । अग्रवालले कार्यक्रममा कार्यक्रममा आएका अथिति, पत्रकार, सुरक्षकर्मी, उपभोक्ता लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका छन् ।