हेटौंडा – मकवानपुरको हेटौंडामा बेहोस भएर ढलेका एक सुरक्षा गार्डको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने अन्दाजी ५५ वर्षीय बाबुराम पण्डितको मृत्यु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार शनिबार क्षेत्री हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेकुरेटी डिउटीमा रहेको अवस्थामा अचानक बिहोस भएर ढलेका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।