प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा लागुऔषध सहित तीन जना पक्राउ

२०८१ जेठ ११, शुक्रबार २१:०४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाईबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने २१ बर्षीय तवरेज आलम, १८ बर्षीय रवि दास र २२ बर्षीय रुस्तम अन्सारी रहेका छन् ।

पुर्वपश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं।को माईक्रोलाई रोकेर चेकजाँच गर्दा उक्त माईक्रोमा सवार तीनै जनालाई लागुऔषध सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार तवरेजको साथबाट फेनारगन १०० पिस, रविको साथबाट डाईजेपाम १०० पिस र रुस्तमको साथबाट नूफिन १०० पिस लागुऔषध बरामद गरेको हो । उनिहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भइरहेको छ ।