प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट कार्की र बानियाँ पक्राउ

२०८० आश्विन ७, आईतबार १३:२३ बजे


हेटौंडा – मकवानपुर प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन पदमपुर घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं.१६ हटिया बस्ने ५२ बर्षीय बिष्णु कार्की र ४६ बर्षीय काले बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नं. १६ हटियाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्की र बानियाँ “गैडामारी खाग चोरी लगेको” मुद्धाका फरार प्रतिबादी हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागी कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाएको मकवानपुर प्रहरीले जनाएको छ ।