हेटौंडा – हेटौंडास्थित सञ्चो अस्पतालमा दूई जना डाक्टरमाथि कुटपिट घटना संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१२ सिक्रेनी बस्ने ३६ बर्षीय जिवन लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शुक्रबार दिउँसो लामालाई पक्राउ गरिएको हो । हालसम्म चिकित्सक कुटपिट तथा दुब्यवहार घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
यसअघि हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन, रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान, अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका मध्ये रमा मृतककी श्रीमती, रोहीत छोरा, रमिता छोरी र अनुप भतिज हुन् ।
हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तसहित एक समूहले गत भाद्र २७ गते डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि कार्यकक्षमै कुटपिट गरेका थिए ।
कुटपिट पश्चात देशभरका चिकित्सकहरु आन्दोलित भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकमीहरुबीच ६ बुँदे सहमति भएपछि चिकित्सकहरुको आन्दोलन रोकिएको थियो । सोही सहमति अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
घटनाको अनुसन्धान नसकिएको तेस्रो पटक म्याद थप गर्ने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए । यद्दपी मृतक पक्षधरहरु उक्त निर्णयप्रति असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।
सम्बन्धित समाचारहरु:–
डाक्टर कुटपिट प्रकरणः हेटौंडा–९ बाट थप एक जना पक्राउ
हेटौंडा अस्पतालका डा. विडारी सञ्चोमा कसरी कुटिन पुगे ?, मृतक पक्षधर न्याय माग्न सडक तताउँदै
एकीकृत समाजवादी मकवानपुरद्वारा चिकित्सक कुट्नेलाई हदैसम्म कारवाही माग
चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप
हेटौंडामा एक औषधी व्यवसायीद्वारा स्थानीय प्रशासनको व्यंग्यात्मक विरोध: टाउकोमा हेल्मेट र हातमा लौरी
मकवानपुरमा डाक्टर साबहरुको आन्दोलन सुरु
डाक्टर साबहरुको ७२ घण्टे अल्टिमेटम, माग पुरा नभए आन्दोलनमा उत्रिने