हेटौंडा – मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे नजिकै पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ।
पथलैयाबाट हेटौंडातर्फ गइरहेको ना ७ ख ३७०९ नम्बरको तेल बोकेको ट्याङ्करले हेटौंडाबाट चुरियामाईतर्फ जाँदै गरेको ना २ ह १८७५ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोका चालक हेटौंडा उपमहानगरपालिका-२, काँग्रेस चोक निवासी (उमेर ६०/६२), कृष्ण के.सी., गम्भीर घाइते भएका छन्। उनलाई तत्काल हेटौंडा अस्पताल पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार उनको अवस्था अचेत रहेको छ, र उपचारमा उनकी श्रीमती संलग्न रहेको जनाइएको छ।
यस दुर्घटनामा संलग्न तेल ट्याङ्करका चालक, जिल्ला सिन्धुली, कमलामाई नगरपालिका-६ निवासी ४९ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
थप अनुसन्धानको लागि प्रहरी प्रक्रिया अघि बढाइएको छ।