प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडा मतगणना अपडेटः पौडेल आफ्नै वडामा हलोको पछिपछि

२०७९ जेठ २, सोमबार १४:२७ बजे

हेटौंडा – नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अन्नत पौडेलको आफ्नै (गृह) वडामा पछि परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को हालसम्म ४५० मत गणना हुँदा उनी राप्रपाका मेयरका उम्मेदवार दिपक बहादुर भन्दा ३८ मतले पछि पारेका हुन् । 

सिंहले मतान्तर समेत बढाउँदै छन् । यसअघि ३०० मत गणना हुँदा सिंह र पौडेलविचको मतान्तर १५ मात्रै थियो । त्यस्तै वडाअध्यक्षमा भने नेकपा एमालेका नविन सिग्देल १७ मतले अघि छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ को ४५० मत गणना हुँदा
मेयर
कलम : १०७
सुर्य : १२७
हलो : १६५
उपमेयर
रुख : २२६
सुर्य: १४१
हलो : ५४
वडा अध्यक्ष
रूख:१८०
सुर्य : १९७
हलो: ४३