प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गाँजा सहित एक जना पक्राउ

२०८१ मंसिर १८, मंगलबार १९:०८ बजे

मकवानपुर – मकवानपुरमा लागू औषध गाँजा ओसारपसारमा संलग्न एक भारतीय नागरिकलाई १११ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडीबाट गाँजा बरामद भएको हो। गाडीको चालक, भारत मोतिहारी जिल्ला चैनपुर ढाका निवासी ३० वर्षीय मोहम्मद समिरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

प्रहरीले चेकजाँचका क्रममा गाडीको ढालामा बालुवा र मलले छोपेर लुकाइएको अवस्थामा लागू औषध गाँजा फेला पारेको जनाएको छ। गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले हाल लागू औषध ओसारपसारविरुद्ध कडा अभियान चलाइरहेको छ। लागू औषध ओसारपसारमा संलग्न कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।