हेटौँडा – मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा भोज खाँदा १६ जना बिरामी परेका छन् । स्थानीय शर्मिला राईको घरमा छोरीको गुन्युचोलीको भोज खाएका १६ जना बिरामी परेका हुन् ।
भोज खाएर आफ्नो घर फर्केकोमा शुक्रबार उनीहरूलाई ज्वरो आउने र झाडापखाला लाग्ने भई बिरामी भएपछि उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।