प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर र बाराका ७० जना मोतिविन्दुको निःशुल्क शल्यक्रिया

२०७९ माघ ८, आईतबार ०६:३३ बजे

हेटौंडा – काठमाण्डौ महानगरपालिका माघवराज राजभण्डारी र राधिका राजभण्डारीले आफ्नो सपुत्र स्व. आशिष राजभण्डारीको स्मृतिमा निशुल्क आँखा शिविरको सौजन्य गरेका छन् ।

मकवानपुरको बकैया, हर्नामाडीमा र बाराको प्रष्टोकामा निशुल्क आँखा शिविर संचालन गरी ७० जना मोतिविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको थियो ।

नेपाल आँखा कार्यक्रमका कार्यकारणी सदस्य सिद्धिलाल श्रेष्ठको समन्वयमा श्रेष्ठ दम्पतीले सहयोग गरेको हो । अस्प्ताल प्रमुख डा. थकालीले अस्पतालमा विदेशी दाताहरुबाट सहयोग आईरहेकोमा स्वदेशीहरुबाट अन्धोपन निवारणको लागि सहयोग आउनु खुशीको कुरा भएको बताउए ।

७० जनाको शल्यक्रिया खर्च सहित अस्पतालमा हुने भिडियो कम्फरेन्स गर्न आवश्यक उपकरण खरिदको लागि रु. ५ लाख चेक श्रेष्ठ दम्पतीले हस्तान्तरण गर्नु भएको अस्पताल व्यवस्थापक सुधिर श्रेष्ठले बताए ।