प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडाका एक युवक प्रहरीको फन्दामा

२०७९ जेठ २६, बिहीबार १३:०२ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ बाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय युवक रहेका छन् । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन ।

मनहरी गाउँपालिका–७ स्थित सडकबाट ४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित युवकलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५७० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।