प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्थानीय तह सहिद स्मृति गोल्डकपमा भएको लाखौँ अस्वभाविक खर्चको छानविन माग(भिडियोसहित)

२०७९ माघ १२, बिहीबार १८:०५ बजे

हेटौंडा – मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित चौथों संस्करणको स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अस्वभाविक देखिएपछि छानविनको माग गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारीलाई ध्यानर्कषण पत्र बुझाइएको छ । बिहिबार मेयर लामाको कार्यकक्षमै पुगेर संयुक्त युवा क्लबका संयोजक विशाल राज महतसहितको टोलीले ध्यानर्कषण पत्र बुझाएका हुन् ।

भिडियो

‘उक्त खेल सम्पन्न गर्दा आयोजक द्वारा प्रस्तुत गरिएको खर्च प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त खेलमा देखाइएको खर्च रकम अस्वभाविक रहेको देखिन्छ । हामिलाई आशङ्का छ । सरकारद्वारा बिनियोजित रकमको दुरुपयोग भएको छ,’ पत्रमा उल्लेख छ ।

‘आमजनताको करको रकमद्वारा नै राज्यको बजेट तर्जुमा हुने हो । त्यस अर्थमा प्रतेक नागरिकको रकम द्वारा संचालन भएको उक्त खेलमा आर्थिक हिनामिना भएको बुझिदा प्रत्येक नागरिकले त्यसको हिसाबकिताबको पारदर्शिताको माग गर्नु नागरिक दायित्व र अधिकार पनि हो,’ पत्रमा भनिएको छ, ‘उक्त दायित्व र अधिकारको बोध गर्दै जिल्ला फुटबल संघद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन सहित उचित छानबिनको माग गर्दछौँ ।’

ध्यानार्कषण पत्रमा महत सहित संसारेमाई क्लबका अध्यक्ष कविर विक्रम राणा, पिप्ले युवा क्लब अध्यक्ष समिर अर्याल, रातकाली क्लबका अध्यक्ष दिनेश राई, सानोपोखरा क्लबका अध्यक्ष उमेश महत, जनप्रवाह क्लबका अध्यक्ष हरि बहादुर कुँवर, नेपाल खेलकुद महासंघ समाजवादीका अध्यक्ष उमेश बुढाथोकी र कर्रा युवा क्लबका संरक्षक निरज सिंह ठकुरीले हस्ताक्षर गरेका छन् । 

उक्त ध्यानार्कषण पत्र बुझ्दै गरेको भिडियो कसको आदेशले, किन भिडियो बनाएको भन्दै नगरप्रमुख लामाको कार्यकक्षमा स्वकीय सचिव रुपा बिडारी लगायत टोली पत्रकारमाथि दुब्र्यवहार समेत भएको थियो । 

सम्बन्धित समाचार 

हेटौंडा नगरको लगानी रहेको हिसाब छानबिनको लागि ज्ञापनपत्र बुझाएको भिडियो खिच्दा दुर्व्यवहार

स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अदृश्य खर्च, हिसाब नमिले के–के गर्नुपर्छ ?

यस्तो छ ध्यानार्कषण पत्र