हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटिया राजदेबीमा रुखबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६४ बर्षीय डोरनाथ ढुङ्गेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो नजिकै रहेको सामुदायिक बनमा रुखबाट घाँस झार्ने क्रममा खसेर ढुङ्गेल घाइते भएका हुन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।