प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर प्रहरीद्वारा कुखुराको चल्ला नियन्त्रण

२०८० चैत्र २६, सोमबार २१:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट प्रहरीले कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।

पुर्वपश्चिम सडकखण्डमा रातोमाटेबाट खटिएको चेकिङ टोलीले वीरगञ्जबाट हेटौंडाबाट तर्फ आउँदै गरेको ग १ ख ५८९६ नम्बरको बसबाट २०० वटा कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भेटनरी र वनलाईन बिल बिजक नभएको पाईएपछि उक्त चल्ला नियन्त्रणमा लिएर पशु सेवा कार्यालय मकवानपुरमा बुझाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।