प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जीपको ठक्करबाट बालिका घाइते

२०७९ आश्विन ३, सोमबार १०:१२ बजे

हेटौंडा – बोलेरो जीपको ठक्करबाट ७ वर्षीया बालिका घाइते भएकी छिन् ।

चितवनको भरतपुर महानगरपालिका १० विशाल चोकमा बाग्मती प्रदेश–०३–००१ च १३८० नम्बरको जीपले भरतपुरमै बस्ने बाराको जितपुरका सीताराम कलवारकी ७ वर्षीया छोरी पुजालाई ठक्कर दिएको हो ।

घाइते बालिकाको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । जीप सहित चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।