हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–१ कप्सेरीमा डिभिजन वन कार्यालय सिन्धुलीको सरकारी गाडी दुर्घटना भएको छ ।
कप्सेरी स्थित भित्री सडकखण्डमा बागझोराबाट कप्सेरीतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको प्रदेश ३ ०३ ००१ झ ००१६ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गाडी मोडमा मोड्ने क्रममा ओरालोमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षती नभएको र गाडीमा क्षती भएको प्रहरीले जनाएको छ ।