प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा म्याजिक चोकबाट बल पक्राउ

२०८० श्रावण ९, मंगलबार ०३:०१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ म्याजिक चोकबाट लागुऔषध ब्राउन सुगर एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१५ फारलाईन बस्ने २२ बर्षीय रबि बल रहेका छन् ।

गोप्य सुचनाको आधारमा प्रहरीले सोमाबर साँझ बाटोमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५ दशमलव २०० ग्राम ब्राउन सुगर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख टेक बहादुर कार्कीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।