हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ झुरझुरेमा बोलेरो गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय राजु गोलेको ६ बर्षीया छोरी रितु गोले रहेका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत सोमबार दिउँसो सिन्धुलीबाट हेटौंडातर्फ आउदै गरेको ना ४ च ११६४ नम्बरको बलेरो गाडीले ठक्कर दिँदा बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बालिकाको टाउँको र खुट्टमा चोट लागेको छ ।
घाइते भएका बालिकाको उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो गाडी, चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।