प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दुर्लभ बन्यजन्तुको छाला बरामद, मकवानपुरका वाइवासहित तीन जना पक्राउ

२०७९ बैशाख ४, आईतबार ११:१६ बजे

हेटौंडा – दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।