हेटौंडा – हेटौंडामा स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । जेसीआई बसामाडीको आयोजनामा यही असोज २४ गतेबाट २७ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलनमा आयोजना गरी जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले प्रतियोगिता जिल्लाको करिब १२ देखि १५ वटा टिमको सहभागिता रहने बताए । २० वर्षबाट निरन्तर हुँदै आएको स्तरीय भलिवल प्रतियोगिता यस बर्ष पनि आयोजना गर्न लागि अध्यक्ष भण्डारी बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजनकले जनाएको छ ।