प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाञ्चायन सहकारीमा लामा निर्वाचित

२०८१ कार्तिक १०, शनिबार ०९:५८ बजे

हेटौंडा – पाञ्चायन बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनबाट अध्यक्षमा अक्कलसिंह लामा निर्वाचित भएका छन् ।

निर्वाचन प्रक्रियबाट सचिवमा गोकर्ण सुवेदी, कोषाध्यक्षमा विज्ञान रिमाल निर्वाचित भएका छन् । सहकारीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको दिब्यतारा बहुउद्देसीय सहकारी संस्थाका अध्यक्ष तथा पाञ्चायन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक डा. गणेश लामाले उद्घाटन गरेका थिए ।

मकवानपुरको पहिलो बित्तीय संस्था यती फाइनान्स कम्पनीका संस्थापक मुक्तिगोबिन्द बैद्य, साहित्यकार एबम् युसेस साकोसका उपाध्यक्ष ह्यग्रीब आचार्य, सर्बोत्तमसंचिती साकोसका सल्लाहकार हरि वाग्ले, नमस्ते साकोसका अध्यक्ष नवराज खनाललगायतले सहकारीमा देखिएका समस्याको चर्चा गर्दै सेयरसदस्य आफैं सचेत बन्न आग्रह गरेका थिए ।

साधारणसभामा ज्येष्ठनागरिक बचततर्फ बिमलादेबी ठकाल, बालबचत (खुत्रुके) तर्फ दिब्यांश ताम्राकार, असल बचतकर्तातर्फ ईन्द्रदेव साह, आवधिक बचततर्फ सरिता बलामीलाई नगदसहित सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, सचिव अक्कलसिंह लामाले प्रस्तुत गरेको प्रतिबेदन, कोषाध्यक्ष बिज्ञान रिमालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, ज्ञानेन्द्र बर्तौलाले प्रस्तुत गरेको ऋण समितिको प्रतिबेदन साधारणसभाबाट पारित भएको थियो ।