हेटौंडा – मोटरसाइकलको ठक्करबाट काभ्रेपलाञ्चोकमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका–१३ बस्ने ६२ वर्षीय बाल कृष्ण बुढाथोकी रहेकी छन् ।
बनेपा नगरपालिका–१३, भैँसिपाटी पुलस्थितमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते भएका बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेको उनको खोजतलास कार्य भईरहेको प्रहरीको भनाई छ ।