प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

युएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

२०८० कार्तिक २४, शुक्रबार २०:०४ बजे

काठमाडौं – नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन्।

नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ। नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ।

चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर रहेका छन्।

नेपाली टिम:

गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल।

डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ।

मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल।

फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार।