हेटौंडा – झापा र ईलाममा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
झापाको कन्काई नगरपालिका–१ पुर्व पश्चिम राजमार्ग स्थितमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको मे ९ प ५७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सुन्दरपुरका ६५ बर्षीय दिपराज चरज रहेका छन् ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोड मृत्यु भएको हो । मोटरसाइकल चालक बाह्रदर्शी–६ का ५४ बर्षीय संजित तामाङ पनि घाइते भएका छन् । उनको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाम नगरपालिका–७ मेची राजमार्गस्थित सडक छेउमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ईलाम – ३ का २५ बर्षीय संजय राई रहेका छन् ।
प्रहरीका अनुसार सोमबार सडक छेउमा रोकी राखेको प्रदेश १–१०३–००१ त ००१२ नम्बरको ट्याक्टरमा मे. ११ प ८२१५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । प्रहरीका अनुसार घाइते भएका राईलाई उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लैजाने क्रममा उनको माटोमै मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका सन्दकपुर नगरपालिका–१ का १७ बर्षीय संयोग लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।