प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चरेस सहित दुई जना मकवानपुर प्रहरको फन्दामा

२०८१ श्रावण २७, आईतबार २०:२३ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाबाट ६ केजी चरेससहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरी रहेका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीवाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका ९३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । सिंह र चौधरीले १२ वटा प्लास्टिकको पोकामा प्याक बनाएर चरेश एउटा तिघ्रामा तीन–तीन वटा पोका बाँधेका ल्याएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।