प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा पाहुना लाग्न गएकी युवती ओछ्यानमै मृत भेटिइन्

२०८० मंसिर २५, सोमबार १२:०१ बजे

हेटौंडा – मकवानपुरमा पाहुँना लाग्न गएकी एक युवती ओछ्यानमै मृत भेटिएकी छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नं.३ स्थित निर्मला बस्तीमा अन्दाजी २० बर्षीया कान्छी(बोलाउने नाम) प्रजा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसा उनी हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटियाबाट निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी बिहान आफन्त उठेर हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।