हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१७ को वडाअध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उद्धव सत्याल १३ सय १४ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकट्तम प्रतिद्वन्दी एमालेका लक्ष्मण बहादुर खुलालले ११ सय ३६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका चुनामणी रुपाखेतीले ८८० र राप्रपाका हरि बहादुर राउत १९६ मत ल्याएका छन् ।
त्यस्तै वडासदस्यमा नेपाली कांग्रेसबाट खुल्लातर्फ कृष्ण बहादुर अधिकारी, नवराज न्यौपाने, दलित महिलातर्फ उर्मिला चुनारा निर्वाचित हुँदा महिला सदस्यतर्फ नेकपा एमालेकी लेखकुमारी तिमल्सिना विजयी भएकी छन् ।