प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा भन्सार छलेर ल्याएको सामान बरामद

२०८० बैशाख ८, शुक्रबार १३:३० बजे

हेटौंडा – मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ रातोमाटे र १० बसपार्कबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याएको कपडा र पाउडर दुधको प्याकेट बरामद गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख १७३८ र मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख १२३३ नम्बरको यात्रुबाहक रात्री बसलाई चेकजाँच गर्दा कपडा र पाउडर दुधको प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी बसपार्क र प्रहरी चौकी रातोमाटेबाट डिउटीमा खटिएको प्रहरी टोलीले बिहिबार राती ११ बजे उक्त सामान बरामद गरेको हो । प्रहरीका अनुसार बरामद गरिएको उक्त सामान ५ लाख ७५ हजार ४०० मुल्य बराबरको रहेको छ । बरामद सामान आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।