प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुल्ला बक्तृत्वकला प्रतियोगितामा आकृति घिमिरे प्रथम

२०८० जेठ २२, सोमबार १४:१९ बजे

हेटौडा – जिल्ला युवा समिति मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा आकृति घिमिरे प्रथम भएकी छिन।युवा र नबप्रबर्तनू शिर्षकमा हेटौडामा सोमबार भएको जिल्ला स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगितामा घिमिरेले प्रथम स्थान हासिल गरेकी हुन् ।

 प्रतियोगीतमा सरोज बिकले द्दितीय, कृतिका लैडारी तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुनेहरुले क्रमशस् १५ हजार, १० हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन्।

जिल्ला युवा समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

जिसस प्रमुख घलानले समाज व्यवस्था र राज्यको स्वरुप रुपान्तरणमा युवाको महत्वपुर्ण भूमिका हुने बताए । उनले युवा परिषदले युवा श्रृजनशिता सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएकोप्रति खुशी व्यक्त गरे ।

प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अबको युवाले बोल्ने कला मात्र नभएर ब्यबहारमा पनि देखाउने युवाको खाचो रहेको बताए समाज सुधार्ने जिम्मेवारी युवाकै भएकाले क्षमता भएका युवाहरुलाई देशमै रोजगारीको श्रृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा हेटौंडा जेसिसका अध्यक्ष श्रवणकुमार बर्तौला, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापती छोईसाङ लामा लगायतको आतिथ्यता रहेको थियो। वक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिकामा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज शर्मा, प्राध्यापक निरा शर्मा र पुर्व हेटौंडा जेसिस अध्यक्ष दिपक मिश्र रहेका थिए ।