हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाईबाट बिहिबार नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहट कटहरीया नगरपालिका–६ बस्ने १९ बर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका–१ बस्ने २१ बर्षीय दिपेश दास र मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने ४० बर्षीय बिजय तामाङ रहेका छन् ।
प्रहरीको टोलीले सुचनाको आधारमा पैदल हिडिरहेको महरा र दासको साथबाट नेपाली नक्कली रुपैया एक हजारको दरका ९५ थान(९५ हजार) बरामद गरेको थियो । उनीहरुलाई सोधपुछ गर्दा तामाङको साथबाट ल्याएको बयान दिएपछि उनलाई पनि नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।