हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१ मा ढुङ्गाले किचेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैंया–१ विजयडाँडा बस्ने ५१ बर्षीष रुपा माया लो रहेकी छन् ।
मंगलबार दिउँसो रुपाघरनजिकैको धियालडाँडास्थित जंगलमा गाईभैंसी चराउने क्रममा आराम गर्न ढुङ्गामाथि बसेका थिए । बसिरहेको बेला अचानक रुपा बसेकै ढुङ्गा पल्टिएर किच्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
रुपमालाई मृत अवस्थामा फेला पारेपछि स्थानीयहरुले अस्थायी प्रहरी पोष्ट घियलमा खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।