काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध अग्रता फराकिलो बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले ४–० गोलको अग्रता बनाएको हो।
नेपाललाई फराकिलो अन्तरको अग्रता दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरेकी हुन् । अनिताले खेलको ७३ र ८४ औं मिनेटमा गोल गरेकी हुन् । त्यस्तै गोल मेसिन सावित्रा भण्डारी ‘साम्बा’ले खेलको ६७ औं र १२ औं मिनेटमा गरेकी हुन् ।